WEL-COME

YOU ARE WELCOME HERE...!

Friday, November 25, 2011

Collection...

तिमीसंगै मेरा सबै खुशीहरु सती गए
हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए


किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने
संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए


त्यो मन पनि कति कठोर जान्छु पनि नभनेको
तिम्रै यादमा तड्पी तड्पी बहुलाएकै जति भएँ


हासी खुसि जिउने हाम्रा उदेश्यलाई लात हान्यौ
आशुं पनि सुकी सक्यो पीडै पिडा अति भए


आजकल त भट्टीमा नै बास बस्ने भएको छु
तिम्लाई भुल्न पिउन थालें नशा पिउने लती भएँ




चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।
तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ ।
जले सबै सपनाहरू उराठ भयो जिन्दगी
अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ ।







नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो
कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो ..!




दुखिरने मुटु लाई, साट्न पाए हुन्थ्यो
हाँसेकै छ जिबन भनी, ढाट्न पाए हुन्थ्यो
कस्लाई पोखु बह मनको, भीडमा नी एक्लो म
आफ्नै मुटु चिरा पारि, काट्न पाए हुन्थ्यो.....!




अन्याय सहने बास्तविक दाश हो ।
थिचोमिचो सहनु सँकुचित बाश हो ।
रगत बिशाक्त भएपनि केहि हुदैन,
सिद्दान्त बिशाक्त हुनु भनेको सर्वनाश हो ।




यो दुनीयाँ हो साथी हाँस्ने हरुको
सफलता सालीन महलमा बस्ने हरुको
यहाँ जीन्दगीको मोल तोकीन्छ
यो संसार हो मीत्र बेच्ने र कीन्ने हरुको...!




छ र पो जीन्दगी, आश जागेको छ
मरभुमी यो जीबनमा, मधुमाष जागेको छ
सधै उजाड थिए, खोलाको बगर थिए
छ र पो बसन्त, बिश्बाश जागेको छ.....!




सन्देश आयो मोबाईलमा यसो हेरेँ खाली रै'छ
त्यो नम्बरमा मिसकल हाने अब उसको पाली रै'छ
मिसकल सन्देश हुँदा हुँदै घण्टौ कुरा हुन थाल्यो
पैसा सकियो मोबाइलमा खल्ती छामेँ खाली रै'छ
कुरा मात्र हुन्थ्यो हाम्रो देख भेट चाहीँ भाको थिएन
फोटो पठाई इमेल गरि म भन्दा नि काली रै'छ ...!!!




सुईको सम्म पाईएन आफ्नै मुटु चोरि हुदा
बाँच्दो रैछ माया साथी यती लामो दुरि हुदा
सुनेको थे हत्केला ले सुर्य छेकिन्न रे
के ढल्थ्यो र चोखो माया जती ठुलो हुरि हुदा...!




कहिले पर्छ मान्छे यहाँ पाउमै हजुर ।।
मौका मिले छर्छ नून घाउमै हजुर ।।
विश्वाश गर्नु कसरी आफ्नैलाई पनि
तान्न खुट्टा पर्खन्छ दाउमै हजुर ।।




खुटा टेक्ने ठाउँ छैन शहर हेर त
मिलाए भन्छ गजल बहर हेर त ?
तिम्रो र मेरो कुरा नमिलेर के भो
देशमा वार्ताकै छ लहर हेर त ?

No comments:

Post a Comment